नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

आज खण्डग्रास सूर्यग्रहण

ओखलढुङ्गान्युज कातिक, ओखलढुङ्गा आज गाई तिहार । आज कातिक कृष्ण औंशी गाईतिहार, गाईपूजा गर्ने दिन । आज खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

आज सूर्य ग्रहण दिउँसो ४ बजेर ५२ मिनेटमा सुरु हुनेछ । सूर्य ग्रहण सुरु भएको ३२ मिनेट अर्थात ५ बजेर २४ मिनेटमा नै सूयास्त हुनेछ । त्यसैलेपनि नेपालबाट सूर्यग्रहण थोरैमात्र देखिने पञ्चांग समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपालबाट सूर्यग्रहण पूर्ण रुपमा नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ बजेर ४५ मिनेटमा छोड्नेछ ।

शास्त्रीय मान्यता अनुसार ग्रहण लाग्ने समय १२ घण्टा अगाडी अर्थात ८ गते मंगलबार विहान ४ बजेर ५२ मिनेट जादा देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक ढुङ्गेलको भनाईछ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्नुहुन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको छ ।

ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ । यही महिनाको २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण पनि लाग्दैछ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा सूर्य र शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्नेछ ।