नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

तिहारमा प्लाष्टिकको फुलमाला विक्री गरे १ लाख जरिवाना हुने

ओखलढुङ्गान्युज । ३ कातिक, काठमाण्डौं । हिन्दू नेपालीहरुको महान चाड दशैं पछिको तिहार नजिकि सकेको छ । तिहार नजिकिदै गर्दा बजारमा झिलिमिली बत्ति तथा फुलमालाको व्यापार समेत ह्वात्तै बढेको छ ।

तर यस वर्ष भने नेपाल सरकारले तिहारको बेलामा हुने प्लाष्टिकको फुलमाला विक्रि वितरणमा रोक लगाएको छ । सरकारले स्थानीय प्राकृतिक फुलमालाको उत्पादन र विक्रिमा प्रोत्साहन गर्ने उद्देश्यले प्लाष्टिकजन्य फुलमाला विक्री वितरणमा रोक लगाएको हो ।

तिहार, छठ लगायतका पर्वमा प्लास्टिकजन्य फुलमालाको सामग्री बिक्री वितरण रोक लगाईनुका साथै उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा समेत रोक लगाएको हो । वन तथा वातावरण मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्न अनुरोध गरेको छ ।

विभागले अनुगमनका प्लास्टिकजन्य फुलमालाको सामाग्रीको उत्पादन, आयात, बिक्री वितरण र भण्डारण गरेको पाइएमा वातावरण संरक्षण ऐन बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजारसम्म तथा वातावरण संरक्षण ऐन बमोजिम नै विभागका महानिर्देशकबाट एक लाख रुपैयाँसम्म जरिवाना गराउने बताएको छ ।