नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

ओखलढुङ्गान्युज । ३० असोज, काठमाडौं । वाङमय शताब्दी पुरुष भनेर चिनिने संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । संस्कृतिविद् जोशीको उपचारका क्रममा (आइतबार) आज बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको हो ।

जोशीको परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले फेसबुकमा स्टाटस लेख्दै जोशीको निधन भएको पुष्टी गरेका छन् । १०३ वर्षीय जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । 

जोशीको शरिरमा कमजोरी बढेपछि गत असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।