नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

चम्पादेवीका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र ६ वडा अध्यक्ष सहित १२१ जनालाई जरिवाना

ओखलढुङ्गान्युज २६ असोज, ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकाका १ सय २१ जना निर्वाचित जनप्रतिनिधी तथा उमेदवारहरुलाई निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको छ । १० वटा वडा रहेको चम्पादेवी गाउँपालिकामा निर्वाचित अध्यक्ष नवराज के.सी. (खत्री), उपाध्यक्ष दिलामाया मगर, ६ जना वडा अध्यक्षहरु सहित १२१ जनालाई आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगले सूचना प्रकाशित गरेर चम्पादेवी गाउँपालिकाका निर्वाचित अध्यक्ष के.सी. सहित २०७९ को स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदका उमेदवार ८ जनालाई जरिवाना गर्ने निर्णय गरेको हो । उनीहरुवाट जनही ४ लाख ५० हजार जरिवाना अशुल गर्नुपर्ने आयोगको ठहर छ । त्यस्तै निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु एवम् तिनका उमेद्वारहरुसँग भने जनही १ लाख ५० हजार जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ ।

जरिवानामा पर्ने अध्यक्ष तथा उपाध्यक्ष पदका उमेदवारहरु

अध्यक्ष नवराज केसी (खत्री) नेपाली कांग्रेस, खड्ग बहादुर कार्की नेकपा एमाले, नेकपा माओवादी केन्द्रका झलकमान तामाङ र स्वतन्त्र उमेदवार खेम प्रसाद मिश्र रहेका छन् । त्यस्तै उपाध्यक्ष दिलामाया मगर नेकपा एमाले, नेपाली कांग्रेसकी कुषा पुलामी, माओवादी  केन्द्रकी आशा राई (सुनुवार), स्वतन्त्र उमेदवार फत्त बहादुर बोगटीलाई जनही ४ लाख ५० हजार जरिवाना हुने निर्वाचन आयोगले जनाएको छ ।

जनही लाख ५० हजार जरिवाना हुने वडा अध्यक्ष तथा उमेदवारहरु

वडा नं. १ का वडा अध्यक्ष कुल बहादुर श्रेष्ठ तथा उमेदवारहरु युवराज बराल, खड्ग बहादुर अधिकारी रहेका छन् । त्यस्तै महिला सदस्य तथा उमेदवारहरु सविता श्रेष्ठ, अमृता मगर, दलित महिला सदस्य सुनिता रम्तेल, विमला वि.क. रहेका छन् । त्यस्तै सदस्य प्रदिप कुमार थापा, रमेश मगर, नर बहादुर घिमिरे, खड्ग बहादुर मगर रहेका छन् ।

वडा नं. २ का वडा अध्यक्षका उमेदवारहरु प्रेम कुमार सुनुवार, धन बहादुर सुनुवार, महिला सदस्य मनमाया मगर, डम्बर कुमारी सुनुवार, दलित महिला सदस्य ईन्द्र कुमारी कामी, सदस्य ईन्द्र बहादुर सुनुवार, बल बहादुर मगर रहेका छन् ।

वडा नं. ३ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ तथा उमेदवारहरु बल बहादुर तामाङ, धन बहादुर श्रेष्ठ, राम कुमार तामाङ, विपिन आछामी मगर

महिला सदस्य तुलसा माया मगर, प्रेम कुमारी खत्री (कार्की), दलित महिला सदस्य मनीता कामी, जित कुमारी कामी तथा सदस्यहरु अम्बर बहादुर तामाङ, तिल बहादुर कार्की, शेर बहादुर बुढाथोकी, शान्ती बोगटी रहेका छन् ।

वडा नं. ४ मा वडा अध्यक्षका उमेदवारहरु दुर्ग बहादुर गुरुङ, मिन बहादुर गिरी, डिल्ली बहादुर कार्की, महिला सदस्य बुद्धमाया खड्का, लिलामाया थापा, नुरा कुमारी खत्री, दलित महिला सदस्य अनिका मगर, लिलामाया दमाई, रणमाया विश्वकर्मा तथा सदस्यहरु पूर्ण बहादुर बुढाथोकी, नाराद गिरी, पदम बहादुर कटुवाल, गणेश बहादुर खत्री, पेशल कुमार पौडेल, टिकाराम कार्की रहेका छन् ।

वडा नं. ५ वडा अध्यक्षका उमेदवारहरु चन्द्र बहादुर कार्की, अंक बहादुर तामाङ, महिला सदस्य विष्णुमाया कार्की, शर्मिला तामाङ, दलित महिला सदस्य मैया दर्जी, ईन्द्रमाया दर्जी तथा सदस्यहरु रंग बहादुर तामाङ, डम्बर बहादुर बुढाथोकी, ईन्द्र बहादुर लामीछाने, अमृत बहादुर बुढाथोकी रहेका छन् ।

वडा नं. ६ का वडा अध्यक्ष गणेश बहादुर खत्री, उमेदवारहरु अशोक कुमार खड्का, ऋषिलाल न्यौपाने, महिला सदस्यहरु दिलमाया थापा, झनमाया तामाङ, सुन्तलीमाया तामाङ, दलित महिला सदस्य लक्ष्मी आछामी थापा, देवि विश्वकर्मा, मनमाया वि.क. तथा सदस्यहरु भिम बहादुर थापा, वीर बहादुर कार्की, सोम बहादुर खड्का, खड्ग बहादुर भुजेल, बाबुराम कार्की, नरहरि खड्का रहेका छन् ।

वडा नं. ७ का वडा अध्यक्ष शुरेश कुमार थापा, उमेदवारहरु विष्णुहरि पोख्रेल, धु्रब कुमार कार्की, भिम बहादुर खत्री, महिला सदस्य तारादेवी बोगटी (कार्की), सरीता कार्की, गोमामाया पौडेल, दलित महिला सदस्य शारादा दमाई, सीता विश्वकर्मा तथा सदस्यका उमेदवारहरु शान्त बहादुर के.सी., शान्त बहादुर बस्नेत, प्रेम बहादुर थापा, गिरीराज खड्का, ईन्द्र बहादुर थापा, सुरेन्द्र बहादुर कार्की रहेका छन् ।

वडा नं. ८ का वडा अध्यक्ष तथा उमेदवारहरु खड्ग बहादुर बराल, हरी बहादुर गुरुङ, निर बहादुर बस्नेत, महिला सदस्य निरुमाया गुरुङ, सितामाया गुरुङ, दलित महिला सदस्य दुर्गामाया सार्की, मिना नेपाली, सदस्य अजय लुईटेल, पोट बहादुर गुरुङ, नबराज घिमिरे, टुल्क बहादुर तामाङ रहेका छन् ।

वडा नं. ९ का वडा अध्यक्ष सुजन पौडेल उमेदवारहरु श्याम कुमार पौडेल, प्रेम बहादुर सुनुवार, महिला सदस्य कल्पना न्यौपाने, कविता चौरेल, दलित महिला सदस्य मैया विश्वकर्मा, यशोदा दुराल, सदस्य ईन्द्र बहादुर श्रेष्ठ, गेल्बु शेर्पा, गोम्बा शेर्पा, लिला बहादुर श्रेष्ठ रहेका छन् ।

वडा नं. १० मा वडा अध्यक्ष पदका उमेदवार सुस्मा खड्का, महिला सदस्य पदका उमेदवारहरु सानु कार्की र गंगामाया तामाङ, दलित महिला सदस्य मसिनी विश्वकर्मा तथा सदस्यहरु अम्बर बहादुर बोगटी र क्षेत्र बहादुर कार्की रहेका छन् ।

निर्वाचन आयोगले तोकेको जरिवाना समयमा नबुझाउने निर्वाचित जनप्रतिनिधीहरुको पद खारेज हुने पनि निर्वाचन आयोगले जनाएको छ । जरिवाना नबुझाउने जनप्रतिनिधीहरुको पद चैत १, २०७९ देखी खारेज हुनेछ । त्यस्तै जरिवाना तोकिएका उमेदवारहरुले जरिवाना नबुझाएमा २०७९ भदौ ३१ गते देखि ६ वर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने पनि आयोगले जनाएको छ ।