नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

व्याकुल माईलालाई मासिक ५० हजार दिईने सरकारको निर्णय

ओखलढुङ्गान्युज । ९ असोज, काठमाण्डौं । राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (व्याकुल माईला) ले मासिक ५० हजार भत्ता पाउने भएका छन् । व्याकुल माईलालाई मासिक भत्ता ५० हजार दिने नेपाल सरकारले निर्णय गरेको हो ।

असोज ७ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राईलाई मासिक ५० हजार भत्ता दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलले जानकारी दिए । यसअघि राईलाई सहज जीवनयापनका लागि सरकारले मासिक २५ हजार दिँदै आएको थियो ।

त्यस्तै असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको प्रबक्ता पाखरेलले जानकारी दिए ।