नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गा कोरोना अपडेट ः शुक्रबार ९ थपिए, १५ संक्रमण मुक्त

ओखलढुङ्गान्युज साउन १५, ओखलढुङ्गा शुक्रबार ओखलढुङ्गामा कोरोना भाईरसका ९ जना संक्रमित थपिएका छन् । शुक्रबार थपिने सबै संक्रमितहरु सिद्धिचरण नगरपालिकाका मात्रै रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिए ।

शुक्रबार नयाँ संख्या थपिएसँगै सिद्धिचरण नगरपालिकामा कोरोना संक्रमित हुनेहरुको संख्या ४ सय ६८ पुगेको छ । हाल नगरपालिकामा सक्रिय संक्रमितको संख्या १ सय ४९ रहेको छ । नगरपालिकाका कूल संक्रमित मध्ये ३ सय १५ जना संक्रमण मुक्त भैसकेका छन् भने हालसम्म नगरपालिकामा ४ जना संक्रमितको मृत्यु भैसकेको छ । त्यस्तै बुधबार १५ जनाले भने कोरोना संक्रमणलाई जित्न सफल भएका छन् ।

सक्रिय संक्रमित मध्ये ९ जना संस्थागत आईशोलेसन तथा १ सय ४० जना होम आईशोलेसनमा रहेका छन् । संक्रमित भएका ६ जनाको मृत्यु भएको भएपनि २ जना संक्रमितको घर तथा बाटामा मृत्यु भएकोले मृतकको उक्त तथ्यांकलाई जिल्ला स्वास्थ्यले समाबेश गरेको छैन ।