नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

लकडाउनमा नेपाल टेलिकमको अनलिमिटेड डाटा प्याक अफर

ओखलढुङ्गान्युज । बैशाख ३१, काठमाण्डौं । कोभिड संक्रमण दरलाई रोक्नका लागि नेपाल सरकारले निषेधाज्ञा जारी गरेको बेला नेपाल टेलिकमले  भने लकडाउन स्टे कनेक्टेड अफर ल्याएको छ । निषेधाज्ञा जारी रहेको अबस्थामा सेवाग्राहीको थप सुविधाका लागि टेलिकमले यस्तो अफर ल्याएको जनाएको हो ।

टेलिकमको यो अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज ल्याएको जनाएको छ । जस अनुसार अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । टेलिकमका अनुसार सो डाटा प्याकको स्पिड एक एमबीपीएससम्म हुनेछ । यस अफर अन्तर्गत खरिद गरिएको प्याक २४ घण्टासम्म चलाउन सकिने छ भने मोवाईल रिचार्जमा डाटा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ।

तर यो डाटा प्याक दैनिक रुपमा एक पटक मात्र खरिद गर्न सकिने छ । यो प्याक बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र चलाउन सकिनेछ। बैशाख ३१ गतेदेखि एक महिनासम्म चालू रहने यो अफर अन्तर्गत विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध हुनेछ ।

त्यस्तैगरि २ सय देखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५ सय एमबी डाटा उपलब्ध हुनेछ र सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिने छ । यसैगरी ५ सय रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइने र सो डाटा ४ दिन भित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।