नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

अमेरिकामा एक महिनामै दोश्रो पटक हिमआँधी

ओखलढुङ्गान्युज, चैत२०७७ विदेश एकमहिना कै अबधिमा अमेरिकामा दोश्रो पटक भिषण हिमआँधी आएको छ । हिमआँधीका कारण अमेरिकाका विभिन्न राज्यका नागरिकहरु प्रभावित बनेका छन् ।

अमेरिकामा दोश्रो पटक आएको हिमआँधीले अमेरिकामा १४० वर्ष अगाडीको रेकर्डलाई तोडको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिले अमेरिकाको कोलोराडो, वायोमिंग र नेब्रास्का सहित ६ राज्यमा ४८ घण्टाभित्र ५ फिट भन्दा बढि हिउँ जमेको छ । हिउँ थुप्रिएपछि ८० भन्दा बढी राजमार्ग बन्द भएका छन् ।

हिमआँधीका कारण २ दिनमा २४ सय भन्दा बढी आन्तरिक तथा बाह्य हवाई उडानहरू रद्द भएको पनि अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हिमआँधीका कारण करिब ३५ लाख भन्दा बढि मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन् ।

मौसम विभागका अनुसार मार्चमा अमेरिकामा प्रायः हिउँ पर्दैन । मार्च महिनामा यहाँका तापक्रम औसत १० र १५ डिग्री सेल्सियस  बीच रहने गर्दछ । हिमआँधीका कारण अहिले यहाँको तापक्रम माइनस ११ डिग्रीमा झरेको छ। यसभन्दा अघि सन् १८८१ मा पनि मार्च महिनामा नै हिमआँधी आउँदा २४ इन्चसम्म हिउँ जमेको थियो।

पछिल्लोपटक आएको हिमआँधीबेहरीमा २१ जनाले ज्यान गुमाएको पनि अन्तराष्ट्रिय सञ्चारमायमहरुले जनाएका  छन् ।