नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

बा म नेवार्नी बिहे गर्छु

ओखलढुङ्गान्युज, असार ५ ओखलढुङ्गा /

लेखक ः विरेन्द्र तामाङ

बा ! ए बा

म नेवारनी बे गर्छु,

किन था छ बा ?
नेवार्नी ले आफ्नो संस्कार र संस्कृति बचाउन
उसले सबैलाई समेटेर,सरकारलाई घुडा टेकायो,
अरुले जस्तो बिमारी बोक्ने गाडी तोडफोडमा उत्रेन नेवार्नी
बरु सम्मान पुर्वक सहज पठाइ दिई ।

आफुलाई लाठी हान्ने पुलिसलाई
पानी ख्वाई बा पानी !
आफ्नो छाती माथि उफ्रदै बुट बजार्नेलाई पनि फूल दिएर
ति सब पुलिस प्रशासनलाई राम्रै सबक सिकाई ।
सुन्यौ बा,कति संस्कारी छन नेवार्नी ।

हाम्राहरु त
आफैले गरेका फोहर उठाउन,पैसा माग्छन
एउटा फोहोर टिप्न मरुला झै गर्छन,
उठन र जुटन भनेसी पटक्कै मान्दैनन्
ह…न हाम्राको त बोसो भरेको चाकले धाक मात्रै लाउचन,
तर नेवार्नीलाई हेर्नु त बा
तेत्रो लाखौ मुन्छेले गरेको फोहर आफै उठाई ।
त्यसैले बा म
नेवार्नी बे गर्छु ।
साच्ची नेवारनी बे गर्छु ।