नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गामा लडेर एक महिलाको मृत्यु

ओखलढुङ्गान्युज, जेठ १५ । ओखलढुङ्गमाघाँस काट्न जादाँ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ५ की अन्दाजी ४० वर्षिया सन्तमाया रहेकी छिन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. ५ मा भिरबाट लडेर राईको ज्यान गएको हो । सोमबार दिउसो ३ बजे तिर घाँस काट्न जाने क्रममा भिरबाट लडेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घाँस काट्ने क्रममा स्थानिय बन्चरे भिरबाट चिप्लीएर राई अन्दाजी ५ सय मिटर भन्दा तल खसेका थिए । उनको शवलाई पोष्टमाटमका लागी जिल्ला अस्पताल रुम्जाटारमा लगिएको ओखलढुङ्गाका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो ।