नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

रसुवामा मनाङ एयरको हेलिकप्टर दुर्घटना

रसुवा, जेठ २७ ।
गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर आज दिउसो अवतरणको क्रममा दुर्घटनामा परेको छ ।

छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर ९पुच्छरको भाग० गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ । हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेको पनि मनाङ एयरले जनाएको छ ।

हेलिकप्टर मर्मत गरी काठमाडौं लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ । क्षतिको थप विवरण भने आउन बाँकी छ ।