नेपाली समय Loading...२०८२ चैत्र २६ बिहीबार

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृशोक 

ओखलढुङ्गान्युज, चैत २६ विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृशोक परेको छ। मुख्यमन्त्री कार्कीको आमा जानुका देवी कार्कीको ९१ वर्षको उमेरमा बुधबार साँझ ७ बजे निधन भएको हो ।

कार्कीको झापा जिल्लाको गौरदह स्थित आफ्नै निवासमा निधन भएको हो । कार्कीको एक महिना अगाडि खुट्टा भाँचिएपछि बिरामी भएकी थिइन् । विराटनगर स्थित विराट टिचिङ हस्पिटलमा कार्कीको खुट्टाको शल्यक्रिया भएको थियो । खुट्टाको शल्यक्रिया गरिए पनि कार्की बिरामी अवस्थामै रहेकी थिइन् । 

मुख्यमन्त्री कार्कीकी मृतक आमाको गौरादह नगरपालिका वडा नं १ गोपेश्वर कृष्ण गंगा घाटमा बिहीबार बिहान अन्तेष्टि गरिएको छ । स्वर्गीय कार्कीको दुई छोरा र ५ जना छोरी रहेका छन् ।