नेपाली समय Loading...२०८२ चैत्र १५ आईतवार

ओखलढुङ्गामा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते

ओखलढुङ्गान्युज, चैत १४ ओखलढुङ्गा । ओखलढुङ्गामा शनिबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका १ फस्कु बस्ने २१ बर्षका पवन राई रहेका छन् । 

शनिबार दिउँसो १ बजेतिर मानेभन्ज्याङ गाउँपालिका १ मा पर्ने नेपानेको भित्री कच्ची सडक खण्डमा स्थानीय मानिसको बारीमा गाईवस्तुको मोल बोकेर जाँदै गरेको प्र १ – ०७ – ००१ त ००३८ नं. को ट्याक्टर सडकबाट खसेर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट खसेर अन्दाजी १० मिटर तल रहेको भीममाया रुचालको ढुंगा माटाले बनेको तथा जस्ताको छाना रहेको घरको पश्चिम पटिको छानो भत्काउन पुगेको थियो । सडकबाट ट्याक्टर खस्दा ट्याक्टरका चालक राई घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा परी घाइते भएका राईलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको थियो। गाडी धेरै लोडका कारण अनियन्त्रित भएर सडकबाट खसेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।