नेपाली समय Loading...२०८२ चैत्र १३ शुक्रबार

लिखुमा एक पुरुष मृत अवस्थामा फेला 

ओखलढुङ्गान्युज, चैत १३ यसम । जिल्लाको लिखु गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा लिखु गाउँपालिका वडा नम्बर ६ गामनाङटार कात्तिके बस्ने अन्दाजी वर्ष ६० को नरबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

थापा शुक्रबार बिहान ७ बजेतिर लिखु गाउँपालिका ४ यसमको गोरेटोबाटोबाट अन्दाजी १० मिटर तल झरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । थापा मृत अवस्थामा फेला परेपछि लिखु गाउँपालिका वडा नं ४ का वडाध्यक्ष घन बहादुर कार्कीले अस्थाइ प्रहरी चौकी यसमलाइ जानकारी गराएका थिए । घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ यसमको प्रहरीको टोली घटनास्थलमा पुगेको छ । प्रहरी घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको छ ।

घटनाको बारेमा कानुनी प्रक्रिया पूरा गर्न र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी निरीक्षक दिपक कुमार सिंहको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ‌।