नेपाली समय Loading...२०८२ चैत्र १२ बिहीबार

ओखलढुङ्गामा लडेर एक वृद्धाको मृत्यु 

ओखलढुङ्गान्युज, चैत १२ ओखलढुङ्गा । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा एक वृद्धा महिलाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा खिजीदेम्बा गाउँपालिका वडा नं ५ खिजीफलाटे पैरे बस्ने अन्दाजी ७० वर्षकी वृद्धा पदम माया सुनुवार रहेकी छन् ।

आज बिहीबार दिउँसो २ बजेतिर खिजीदेम्बा गाउँपालिका वडा नम्बर ५ खिजीफलाटेमा रहेको बस पार्कमा लडेर बेहोस घाइते अवस्थामा वृद्ध महिला रहेको भनेर स्थानीयले प्रहरीलाई जानकारी गराउन साथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोली घटनास्थलमा पुग्नासाथ घाइते भएर बेहोस अवस्थामा रहेकी वृद्धा सुनुवारलाई उद्धार गरी उपचारको लागि खिजीदेम्बा आधारभूत अस्पताल खिजीफलाटेमा पठाइएको थियो ।

उपचारको लागि धारभूत अस्पताल पुर्‍याएकी वृद्धाको बाटामा नै मृत्यु भएको भनेर अस्पतालले घोषणा गरेको थियो । मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि पठाइएको इलाका प्रहरी कार्यालय खिजीफलाटेले जनाएको छ । वृद्धाको मृत्युको बारेमा भने थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।