पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष वलीलाई पितृशोक

अेखलढुङ्गान्युज, फागुन २८ काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा वलीलाई पितृशोक परेको छ । अध्यक्ष वलीका बुबा मोहन प्रसाद वलीको ९७ वर्षको उमेरमा गएराती निधन भएको हो ।
केही दिन देखी अस्वस्थ्य रहेका वलीको उपचारका क्रममा आज विहान भक्तपुरको गठ्ठाघरमा रहेको कोरियन अस्पतालमा निधन भएको एमाले अध्यक्ष वलीको सचिवालयले जनाएको छ । वलीको पार्थिक शरीरलाइ अहिले वली निवास गुण्डुमा लाने तयारी गरिएको छ ।
अहिले कोरियन अस्पतालमा वलीलाई श्रद्धाञ्जली दिनका लागि नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका नेताहरु पुगेका छन् । अस्पतालमा वलीलाई श्रद्धाञ्जली दिनेको अहिले भिड लागेको छ । वलीको शबलाई गुण्डुमा लैजाने र आज दिउँसो नै पशुपति आर्यघाटमा लगेर अन्त्येष्टि गरिने तयारी गरिएको छ ।
मृतक वली गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।


