नेपाली समय Loading...२०८२ फाल्गुन २७ बुधबार

मतपेटिकाकै मत आधिकारिक मानिने : निर्वाचन आयोग

ओखलढुङ्गान्युज, फागुन २४ काठमाडौँ । मत गणनाका क्रममा मतदान अधिकृतले तयार गरेको मतपेटिकाको मतसंख्या र मुचुल्कामा उठाएको सङ्ख्या फरक परेमा मतपेटिका भित्र रहेको संख्या नै आधिकारिक मानिने निर्वाचन आयोगले जनाएको छ । मतगणनाका क्रममा ओखलढुङ्गा लगायत केही जिल्लाका मतपेटिकामा रहेको मतपत्र सङ्ख्या फरक रहेको पाइएपछि निर्वाचन आयोगले यस्तो जानकारी गराएको हो ।

ओखलढुङ्गा लगायत अन्य जिल्लामा पनि यस्तो समस्या आएपश्चात कानुनी व्यवस्था अनुरूप अघि बढ्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचन आयोगले स्पष्ट निर्देशन दिएको हो । मतगणनाका क्रममा देशका विभिन्न जिल्लामा समस्या देखिए पश्चात ओखलढुङ्गा लगायत सबै ठाउँमा एकरुपता हुने गरी निर्वाचन आयोगले निर्णय कार्यान्वयन गराएको हो ।

देशका विभिन्न जिल्लामा झैँ ओखलढुङ्गामा पनि प्रत्यक्षतर्फ कुल खसेको भनेर मुचुल्का तयार गरिएको सङ्ख्याभन्दा १८८ मत कम भेटिएको थियोे । प्रत्यक्षतर्फ नभेटिएको मतपत्र ओखलढुङ्गामा भने मतगणनाका क्रममा समानुपातिक तर्फको मत गणना गर्दा केही थान मतपत्र भेटिएको मुख्य निर्वाचन अधिकृत कार्यालय ओखलढुङ्गाले जनाएको छ ।