मानेभन्ज्याङमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु एक गम्भीर घाइते

ओखलढुङ्गान्युज, फागुन २१ ओखलढुङ्गा । जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ६ हिलेपानी बस्ने वर्ष ४६ को धनुष राईको घटनास्थलमा नै मृत्यु भएको हो ।
उक्त मोटरसाइकल दुर्घटना परि दुईजना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा मोटरसाइकल चालक हिलेपानी बस्ने २५ वर्षका पाण्डब राई र सोही स्थानका ७० वर्षीय जोरधन राई गम्भीर घाइते भएका हुन् । घटनाको बारेमा जानकारी हुनासाथ प्रहरी निरीक्षक बुद्धकुमार श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोली घटनास्थलमा पुगेर घाइते दुवै जनालाई उपचारका लागि उदयपुरको घुर्मीमा रहेको जनसेवा हेल्थ केयरमा पठाइएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
मृतकको शबलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको पनि प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। ।
