UAE मा ज्यान गुमाउने नेपाली युवा गोरखाका
प्रकासित मिति : २०८२, १८ फाल्गुन सोमबार १५:५२
प्रकासित समय : १५:५२
ओखलढुङ्गान्युज, फागुन १८ काठमाडौं । गत शनिबार इरानको मिसाइल आक्रमणमा परि युएईमा ज्यान गुमाउने नेपाली युवाको पहिचान खुलेको छ। मृत्यु हुनेमा गोर्खा जिल्ला स्थायी घर भएका २९ बर्षका दिवस श्रेष्ठ रहेका छन् ।
मृतक श्रेष्ठ केहि समयदेखि संयुक्त अरब इमिरेट्सको अबुधाबी स्थित जायद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत रहेका थिए । अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण गरेपछि त्यसको प्रतिकारमा इरानले गरेको ड्रोन आक्रमणलाई निस्क्रिय पार्ने क्रममा भएको दुर्घटनामा नेपाली युवा श्रेष्ठको मृत्यु भएको अबुधावीमा रहेको नेपाली दूतावासले जनाएको छ ।
शनिबारबाट भएको युद्ध अझै जारी छ । अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त आक्रमण चार हप्ता सम्म लाग्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

