नेपाली समय Loading...२०८२ माघ २८ बुधबार

दुर्घटना अपडेट : मृतक १२ मध्ये ९ को सनाखत, ३ जनाको बाँकी, ८ घाइते 

ओखलढुङ्गान्युज, माघ २७ रामेछाप । मङ्गलबार बिहान रामेछापमा भएको बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । गाडी दुर्घटनामा परी १२ जनाको घटनास्थलमै मृत्यु भएको भने ८ जनामध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । 

मृत्यु हुनेहरूमा दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वार्ड नं ७ का बबि तामाङ, भीमेश्वर नगरपालिका वडा नं ८ का मानबहादुर तामाङ, रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका ४ शैपुका दिपेश बस्नेत, दिपेन्द्र बस्नेत, लिखु तामाकोसी गाउँपालिका ७ का सानुमाया तामाङ, तारा तामाङ, भीमबहादुर तामाङ, रमिता तामाङ तथा सिन्धुली जिल्लाको गोलन्दर गाउँपालिका ६ का शिव श्रेष्ठ रहेका छन् । मृतकमध्ये तीनजनाको भने सनाखत हुन सकेको छैन ।

त्यस्तै दुर्घटनामा परी घाइते हुनेहरूमा रामेछाप जिल्लाको मन्थली नगरपालिका वार्ड नं ११ का गाडीचालक सुशान्त थापा मगर, खाँडादेवी गाउँपालिका ३ का समिर श्रेष्ठ, ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिका २ का जयबहादुर तामाङ, दोलखा जिल्लाको भिमेश्वर नगरपालिका ७ का निलीमा तामाङ, रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका ७ का निस्मा शेर्पा, सोही स्थानकी देन्डी शेर्पा, मन्थली नगरपालिका वडा नम्बर १२ की देवकी खड्का तथा लिखुतामाकोशी गाउँपालिका वडा नम्बर ४ शैपुका ओलक बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइतेमध्ये गाडी चालक सुशान्तको अवस्था सामान्य रहेको र उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले नियन्त्रणमा राखेको पनि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीले जनाएको छ । घाइते भएका अन्य सातै जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौँ पठाइएको पनि जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

गाडी दुर्घटनामा परी मृत्यु भएका १२ जनाकै शबलाई अहिले मन्थली अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ । 

मङ्गलबार बिहान काठमाडौँबाट ओखलढुङ्गाको खिदिम्बा गाउँपालिका २ पोल्थलीका लागि छुटेको पुर्व अरनिको यातायातको बा प्र ००१-०५ ख ९९७५ नम्बरको बस मन्थली खुर्कोट पुष्पलाल सडक खण्डको मन्थली नगरपालिका छ बेनीघाट पुल नजिक बिहान १०:४० बजे दुर्घटनामा परेको थियो । उक्त बसमा ८ जनाले टिकट काटेको भएपनि कतिजना सवार थिए भनेर खुलेको भने छैन ।

अपडेट : मंगलबार अपराह्न ५:३० बजे