नेपाली समय Loading...२०८२ चैत्र ९ सोमबार

चिशंखुगढी राष्ट्रपति रनिङ शिल्डको उपाधि माम्खा माविलाई 

ओखलढुङ्गान्युज, माघ २२ माम्खा । जिल्लाको चिसंखुगढी गाउँपालिकामा सम्पन्न अन्तरमाद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ को उपाधि माम्खा मावि माम्खाले जितेको छ । गत मंगलबारबाट सुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगितामा माम्खा मावि माम्खाले १२ स्वर्ण, १० रजत र २ कास्य पदक सहित कुल २४ पदकका साथ उपाधि जितेको हो । 

त्यस्तै प्रतियोगितामा जाल्पा मावि कालिमाटीले ५ स्वर्ण, ५ रजत र ५ कास्य सहित कुल १५ पदक सहित दोस्रो बनेको छ भने ५ स्वर्ण, २ रजत र ९ कास्य पदक सहित कुल १६ पदकका साथ सरस्वती मावि खानीभन्ज्याङ तेश्रो बनेको छ । 

प्रतियोगितामा महेश्वर मावि भदौरेले ४ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित १५ पदक सहित चौथो स्थानमा रहन पुग्यो । कुइभिर मावि कुइभिरले पनि ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित ११ पदक सहित पाँचौ स्थानमा रहन पुग्यो । छात्र प्रगति मावि भदौरेले २ रजत र ७ कास्य सहित कुल ९ पदक प्राप्त गर्न सफल रह्यो भने जाल्पा मावि दियाले १ रजत र १ कास्य पदक सहित कुल २ पदकका साथ पुछारमा रहने पुग्यो । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी छात्रातर्फ माम्खा मावि माम्खाका समीक्षा राई र छात्रतर्फ मामखा मावि माम्खाकै सुरेन्द्र रोका घोषित भए । त्यस्तै अनुशासितमा छात्रातर्फ महेश्वर मावि भदौरेका अङ्किता कार्की र छात्रतर्फ सरस्वती मावि खानीभन्ज्याङका मिलन कार्की घोषित भए । उत्कृष्ट र अनुशासित घोषित भएका छात्रछात्रालाई जनही नगद रु ३००० का साथमा ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि चिसंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष सन्तोष बाबु थापा लगायत अतिथिहरुले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता चिसङ्खुगढी गाउँपालिका वडा नम्बर ७ मा रहेको माम्खाको खेलमैदानमा सम्पन्न भएको हो ।