चिशंखुगढी राष्ट्रपति रनिङ शिल्ड: माम्खा माविले लियो अग्रता
ओखलढुङ्गान्युज, माघ २० माम्खा । जिल्लाको चिसंखुगढी गाउँपालिकामा आजबाट अन्तरमाद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ । आजबाट सुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगितामा माम्खा मावि माम्खाले अग्रता लिएको छ ।

चिशंखुगढी राष्ट्रपति रनिङसिल्ड २०८२
माम्खा मावि माम्खाले ४ स्वर्ण, ३ रजत र १ कास्य पदक सहित कुल ८ पदकका साथ अग्रता लिएको छ । माम्खा माविलाई कुइभिर मावि कुइभिरले ३ स्वर्ण र २ काश्य सहित ५ पदकका साथ पछ्याइरहेको छ । पहिलो दिनको प्रतियोगितामा जाल्पा मावि कालिमाटी २ स्वर्ण, ३ रजत र १ कास्य सहित छ पदक प्राप्त गरेको छ ।
प्रतियोगिताको पहिलो दिन महेश्वर मावि भदौरेले एक स्वर्ण ४ रजत र दुई काश्य सहित सात पदक प्राप्त गरेको छ । त्यस्तै सरस्वती मावि खानीभन्ज्याङले १ स्वर्ण, १ रजत र ३ काश्य पदकका साथ कुल ५ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जाल्पा मावि दियाले र छात्र प्रगति मावि भदौरेले पनि एकएक काश्य पदक प्राप्त गर्दै पदकको खाता खोलेका छन् ।
आजबाट माम्खा माविको खेलमैदानमा सुरु भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८२ को जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईले समुद्घाटन गरेका हुन् । प्रतियोगिता माघ २२ गतेसम्म सञ्चालन हुनेछ ।
