नेपाली समय Loading...२०८२ माघ १८ आईतवार

ओखलढुङ्गामा युवासंघ सम्हाल्ने जिम्मा सुवास (X-boy) लाई

ओखलढुङ्गान्युज, माघ १८ ओखलढुङ्गा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपाल ओखलढुङ्गाको जिम्मेवारी सुवास गुरुङ (एक्सव्वाई) ले पाएका छन् । आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचन फागुन २१, २०८२ को मुखैमा एमालेको मजवुद भातृ संगठन राष्ट्रिय युवासंघले ओखलढुङ्गाको नेतृत्व गर्ने जिम्मा गुरुङलाई सुम्पिएको हो ।

आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा राजनीतिक माहौल तातेको छ । यहिबेला एमालेबाट कोशी प्रदेश सभामा ओखलढुङ्गाबाट निर्वाचित भै मन्त्रि समेत बनेका अम्बिरबाबु गुरुङले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका छन् । गुरुङले आफूमात्र नेपाली कम्युनिष्ट पार्टीमा प्रबेश नगरी नेकपा एमाले ओखलढुङ्गाको सचिवालय टिम सहित नै समाहित गराए ।

जिल्ला सचिवालय टिम नै नेकपामा समाहित गराएपछि एमाले ओखलढुङ्गाको अधिकांश भातृसंगठनका खम्बाहरु नै नेकपामा प्रबेश गराएपछि हाल एमाले ओखलढुङ्गा नेतृत्व विहन छ भने भातृसंगठन समेत छिन्नभिन्न रहेको छ । जिल्लामा अस्तव्यस्त रहेको एमालेको युवाहरुलाई संगठीत गर्दै पार्टीले उठाएको उम्मेदवार अस्मिता थापालाई विजय गराउन र प्रकृयागत रुपमा राष्ट्रिय युवा संगठनको जिल्ला अधिवेशन गराउने समेत जिम्मा गुरुङलाई दिईएको छ ।

यस अगाडी खासै राजनीतिक क्षेत्रमा चर्चामा नदेखिएका गुरुङलाई युवाहरुको संगठनको नेतृत्वको जिम्मेवारी दिईनुलाई एमाले टिमले नै चासोका साथ हेरेका छन् । यस अगाडी रहेका एमालेको जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतको जिल्ला सचिवालय तथा जिल्ला कमिटी र अधिकांश भातृ संगठनको नेतृत्व नेकपाका उमेद्वार अम्बिरबाबु गुरुङसँगै नेकपामा प्रबेश गरेका थिए ।