नेपाली समय Loading...२०८२ माघ ७ बुधबार

वडास्तरीय भलिबलको उपाधि पलापुलाई

प्रथम स्थान : चम्पादेवी गाउँपालिका १ पलापु

ओखलढुङ्गान्युज, माघ ७ साँघुटार । मंगलबार साँघुटारमा सम्पन्न खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ को उपाधि पलापुले जितेको छ । मंगलबार साँझ सम्पन्न भएको प्रतियोगिताको प्रतिष्पर्धात्मक फाइनल खेलमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका १ पलापुले लिखु तामाकोशी गाउँपालिका ४ रातमाटालाइ ३-१ सेटमा पराजित गर्दै प्रथम साँघुटार कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।

दोश्रो स्थान : लिखु तामाकोशी गाउँपालिका ४ रातमाटा

फाइनल खेल जितेसँगै पलापुले नगद रु ८१ हजार १११ (कर सहित १,०१,३८८) का साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ । फाइनलमा पलापुसँग पराजित भएको लिखु तामाकोशी गाउँपालिका ४ रातमाटाले नगद रु ४१ हजार १११ (कर सहित ५०,३८८) का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

तेश्रो स्थान: मन्थली नगरपालिका ८ चिसापानी

त्यस्तैगरी तेश्रो स्थानका लागि मंगलबार दिउँसो सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा लिखु तामाकोशी गाउँपालिका २ सैपुलाई ३-० को सोझो सेटमा पराजित गर्दै मन्थली नगरपालिका ८ चिसापानी विजेता बनेको छ । तेश्रो बनेको चिसापानीले नगद रु २१ हजार १११ (कर सहित २६,३८८) का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । सान्त्वना बनेको शैपुले नगद रु ८ हजार १११ (कर सहित १०,१३८) प्राप्त गरेको छ ।

सर्बोत्कृष्ट खेलाडी: शशित मगर, चम्पादेवी १ पलापु

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि पलापुका सशित मगर बन्न सफल भए । उनले नगद रु ५००० का साथमा ट्रफी प्राप्त गरे । 

अन्य बिधागत तर्फ उत्कृष्ट सर्वर रोशन मगर (रातमाटा), उत्कृष्ट लिब्रो अनमोल मगर (पलापु), उत्कृष्ट सेटर रमेश श्रेष्ठ (पलापु), उत्कृष्ट स्पाइकर कुमार भुसाल (मन्थली), उत्कृष्ट मिडल बाबुराम परियार काले (सैपु) घोषित भए । उत्कृष्ट हुने प्रत्येक खेलाडीले नगद रु २ हजार (कर सहित २५००) प्राप्त गरे । उत्कृष्ट टिम कोचको उपाधि भने चम्पादेवी गाउँपालिका १ पलापुका प्रतिक मगर घोषित हुँदै ट्रफी सहित नगद प्राप्त गरे ।

प्रतियोगिताका विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिका रामेछापका प्रमुख मेयर लव श्री न्यौपाने लगायत अतिथिहरूले नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । साँघुटार युवा क्लब साँघुटारले आयोजना गरेको उक्त प्रतियोगिता गत माघ २ गते देखि हिमगंगा मावि साँघुटारको खेलमैदानमा सम्पन्न भएको हो ।