मोलुङ : राष्ट्रपति रनिङसिल्डको उपाधि पाँचौं पटक वरुणेश्वरलाई

ओखलढुङ्गान्युज, पुष ३० रामपुर । मोलुङ गाउँपालिकाको रामपुरमा आज सम्पन्न भएको अन्तर माध्यमिक विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङशील्ड प्रतियोगिताको उपाधि पाँचौ पटक वरुणेश्वर मावि रामपुरले जितेको छ । रामपुरले २३ स्वर्ण, ८ रजत र एक्काश्य पदकका सहित ३२ पदकका साथ उपाधि जितेको हो ।

त्यस्तै प्रतियोगितामा कालिका मावि भालुथुमका श्रीचौरले ७ स्वर्ण, ३ रजत र ८ कास्य पदक सहित कुल १८ पदकका साथ दोस्रो बनेको छ । त्यस्तै तेस्रो स्थान प्राप्त गरेको गणेश मावि ढुस्केले तीन स्वर्ण प्राप्त गरेको छ । प्रतियोगितामा रागादिप मावि राँगादीप भने २ स्वर्ण, ७ रजत र ६ काश्य पदकका साथ कुल १५ पदक सहित चौथो स्थानमा रहन पुग्यो ।

प्रतियोगितामा गुरुकुल मावि हर्कपुरले दुई स्वर्ण दुई रजत र एक काश्य पदक सहित कुल ५ पदक, पातले मावि पातलेले दुई स्वर्ण दुई रजत र सात काश्य सहित कुल ११ पदक, जेसे मावि जेसेले दुई स्वर्ण, एक रजत र एक काश्य पदक सहित चार पदक, सरस्वती मावि बुङनाम कुन्तादेवीले एक स्वर्ण एक रजत र एक काश्य पदक प्राप्त गर्यो । त्यस्तै प्रतियोगितामा जीवन प्रदीप मावि हर्कपुरले चार रजत र चार काश्य सहित कुल ८ पदक शिवदूति मावि प्राप्चाले चार रजत ३ काश्य सहित कुल ७ पदकका साथ अन्तिम स्थानमा रहन पुग्यो ।
प्रतियोगिताका प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयहरूलाई कार्यक्रमका प्रमुख अतिथि मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राई, उपाध्यक्ष उर्मिला खतिवडा लगायत अतिथिहरुले रानिङसिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
मोलुङ गाउँपालिकामा यसपटकसँग पाँचौं पटक सञ्चालन भएको राष्ट्रपति रनिङसिल्डको उपाधि पाँचौंपटक नै लगातार वरुणेश्वर मावि रामपुरले जितेको हो । प्रतियोगिता वरुणेश्वर मावि रामपुरको खेलमैदानमा गत पुष २८ गतेदेखि सञ्चालन भएको थियो ।

