नेपाली समय Loading...२०८२ पुस २९ मंगलवार

सिद्धिचरण नगरपालिका: पाँचौं राष्ट्रपति रनिङसिल्डको उपाधि रुम्जाटारलाई

बिजेता रुम्जाटार‌ मावि रुम्जाटार

ओखलढुङ्गान्युज, पुष २९ ठूलाछाप । सिद्धिचरण नगरपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय पाँचौं राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता २०८२ को उपाधि रुम्जाटार मावि रुम्जाटारले जितेको छ । रुम्जाटारले लगातार तीन वर्ष उपाधि जित्दै रनिङ सिल्ड पच गरेको छ ।

शोमबार‌ सम्पन्न प्रतियोगितामा रुम्जाटार मावि रुम्जाटारले २७ स्वर्ण, १० रजत र १० काश्य सहित कुल ४७ पदकका साथ यसपटकको पनि उपाधि जितेको हो । उता सगरमाथा जनता मावि ओखलढुङ्गाले भने ११ स्वर्ण, ८ रजत र १० काश्य पदकका साथ २९ पदकसहित दोस्रो बनेको छ । त्यस्तै लालीगुराँस इंग्लिस बोर्डिङ स्कुल ६ स्वर्ण, १४ रजत र ७ कास्य पदक सहित कुल २७ पदकका साथ तेस्रो बनेको छ ।

छात्र भलिबल प्रतियोगिताको फाइनलिष्ट

प्रतियोगितामा होम ग्राउन्ड समेत रहेको आयोजक हिमालय मावि निसंखे भने ३ स्वर्ण, ३ रजत र ७ काश्य सहित कुल १३ पदकका साथ चौथो स्थानमा रहन पुग्यो । उता शुभलक्ष्मी इङ्ग्लिस बोर्डिङ स्कुल पनि ३ स्वर्ण, ३ रजत र १ काश्य सहित कुल ७ पदकका साथ पाँचौं बन्न पुग्यो ।

छात्रा भलिबल प्रतियोगिताको फाइनलिष्ट

प्रतियोगितामा कुन्ता मावि ज्यामिरेले दुई स्वर्ण, दुई रजत पदकका साथ कुल ४ पदक प्राप्त गर्यो । जाल्पा मावि गैरीगाउँले १ स्वर्ण, ४ रजत र ३ काश्य पदकसहित ८ पदक प्राप्त गर्यो । राज्यलक्ष्मी मावि सानिटारले एक स्वर्ण, दुई रजत र दुई काश्य सहित पाँच पदक प्राप्त गर्यो । त्यस्तै जनचेतन मावि भोर्लेले एक रजत, कडेनी मावि खनिया खर्कले एक काश्य, सनराइज इंग्लिस बोर्डिङ स्कुल रुम्जाटारले ३ रजत, ६ काश्य, नवज्योति मावि मैदानेले एक रजत ४ कास्य, जन्तरखानी मावि जन्तरखानीले एक रजत, चम्पादेवी मावि सल्लेरीले एक रजत, पुण्यमाता मावि बेतिनीले एक रजत, एक काश्य प्राप्त गर्न पुग्यो ।

प्रतियोगितामा यसपटक विगुटार मावि विगुटार, कालिका मावि रुप्से र नारायणस्थान मावि भने पदक विहिन बन्न पुगे । प्रतियोगिताका विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदार बाबु बस्नेत लगायत अतिथिहरूले सिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताका विजेता विद्यालय लालीगुराँस इंग्लिस स्कुलले नगद रु १० हजार, सगरमाथा जनता मावि ओखलढुङ्गाले नगद रू १५ हजार तथा सिल्ड विजेता रुम्जाटार मावि रुम्जाटारले नगद रु २० हजारका साथमा रनिङशील्ड तथा ट्रफी प्राप्त गरेका छन् ।