नेपाली समय Loading...२०८२ फाल्गुन १७ आईतवार

छिमेकी वृद्धालाई पेट्रोल खन्याई आगो लगाउने ३९ वर्षीया महिला पक्राउ 

ओखलढुङ्गान्युज, २९ ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिकामा छिमेकी एक वृद्धा महिलालाई पेट्रोल खनाई आगो लगाएर क्रुर तरिकाले मार्ने प्रयास गरेको कसुरमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका वडा नम्बर ११ मिलनचोक बस्ने वर्ष ३९ कि विष्णु राई रहेकी छन् । 

पक्राउ परेकी राईले छिमेकी धर्म लीलादेवी नाम गरेकी महिलालाई गत कार्तिक १० गते आफ्नै घरमा पेट्रोल खनाई आगो लगाएर मार्न प्रयास गरेकी थिइन् । राईले वृद्धा महिलालाई पेट्रोल खनाई क्रुर तरिकाले हत्या गर्ने प्रयास गरेको भनेर प्रहरीमा उजुरी परेपछि प्रहरीले राईलाई ज्यान मार्ने उद्योग गरेको कसुरमा पुष २७ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ‌।

पक्राउ परेकी राईलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सोमबार नै जिल्ला अदालतमा पेश गरी म्याद थप गरेर हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।