कोशी प्रदेशमा सरकार पुनर्गठन : मन्त्रीले लिए सपथ

कोशी प्रदेश सभाका नयाँ मन्त्रीहरुको सपथ
ओखलढुङ्गान्युज, पुष २३ विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गरेका छन् । मुख्यमन्त्री कार्कीले आफ्नो मन्त्रीपरिषद विस्तार तथा हेरफेर गर्दै नवनियुक्त मन्त्रीहरुलाई मंगलबार नै सपथग्रहण गराएका हुन् ।
जेनजी आन्दोलनको अगाडी सम्म केन्द्र सरकारमा समेत सत्ता साझेदार गरेको दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच कोशी प्रदेश सरकारमा मन्त्री फेरबदल गर्ने सहमति भएको थियो। उक्त सहमति जुटेसँगै मंगलबार दिउँसो नै मुख्यमन्त्री कार्कीले मन्त्रीपरिषदमा हेरफेर तथा नयाँ मन्त्री थप गर्दै थपिएका नयाँ मन्त्रीहरूलाइ शपथ ग्रहण गराएका हुन् ।
मन्त्री परिषद पुनर्गठन भएसँगै अब कोशी प्रदेश सरकारमा एमालेका १ मुख्यमन्त्री, ४ मन्त्री र १ राज्यमन्त्री गरि ६ जना मन्त्रीपरिषदमा सहभागी हुने सौभाग्य पाएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट पनि ४ मन्त्री र १ राज्यमन्त्री गरि ५ जनाले कोशि प्रदेश सरकारमा सहभागी हुने सौभाग्य पाएका छन् ।
मन्त्रिमण्डल पुनर्गठन भएसँगै मन्त्रीहरूको लागि मन्त्रालयको जिम्मेवारी समेत प्रदान गरिएको छ । जस अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्हाल्ने छन् । त्यस्तै प्रदीप कुमार सुनुवारलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, मन्त्री भीम पराजुलीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, मन्त्री तिलचन पाठकलाई खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय, मन्त्री इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मन्त्री विदुर कुमार लिंथेपलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, मन्त्री रामप्रसाद महतोलाई सामाजिक विकास मन्त्रालय, मन्त्री मानबहादुर लिम्बुलाई स्वास्थ्य मन्त्रालय र मन्त्री इसराइल मन्सुरी लाई उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै राज्यमन्त्री उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय राज्यमन्त्री शोभा चेम्जोङ लाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
