नेपाली समय Loading...२०८२ चैत्र २८ शनिबार

शनिबार बिहानै ताप्लेजुङमा भूकम्पको झड्का 

ओखलढुङ्गान्युज, पुस १९ काठमाडौँ । शनिबार बिहानै ताप्लेचुङ जिल्लामा भूकम्पको झड्का महसुस गरिएको छ । शनिबार बिहानै जिल्लाको फलैसा भन्ने स्थान आसपासमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

शनिबार बिहानै उक्त स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर काठमाडौँले जनाएको छ । भूकम्प शनिबार बिहान ६ बजेको समयमा गएको र उक्त भूकम्प ४.६ रेक्टर स्केलको रहेको पनि भूकम्प मापन केन्द्रले जनाएको छ ।