नेपाली समय Loading...२०८२ पुस ११ शुक्रबार

ओखलढुङ्गाबाट नेकपाको उम्मेदवारीमा १५ जनाको दावी

नेकपा बैठक

ओखलढुङ्गान्युज, पुष ११ ओखलढुङ्गा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ओखलढुङ्गाबाट उमेदवार हुन १५ जनाले दाबी गरेका छन् । आज (शुक्रबार) जिल्ला समन्वय समितिको सभाहलमा भएको बैठकमा प्रत्यक्ष निर्वाचित तर्फ १५ जना र समानुपातिक तर्फ ५ जनाले दाबी प्रस्तुत गरेका हुन् । 

नेपाली कम्युनिष्ट पार्टीले जिल्लाबाट प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ ४ जनाको नाम पठाउन परिपत्र गरेको छ । केन्द्रले सर्वसम्मत रुपमा नाम सिफारिस गरेर पठाउन आज (शुक्रबार) सम्मको समय सिमा दिएको भएपनि बैठकमा सर्बसम्मत नाम सिफारिस हुन नसकेको हो । 

प्रत्यक्ष तर्फ दाबी गरेका पुर्व प्रदेश माननिय मोहन खड्का, रामहरि कार्की र सिबि कार्कीले भने सिङ्गल आफ्नो सिफारिस भए मात्र आफुको दाबी रहेको बताएका छन् । सिङ्गल नाममा सहमत नभए आफुहरुले दाबी नगर्ने तिनैजना नेताले बताएका छन् ।

सहमतिका लागि बेलुकी साँझसम्म छलफल भएपनि दाबि गर्ने सबैले पछि हट्न नमानेपछि केन्द्रले तोकिदिएको कार्यदलमा छलफल गरि टुङ्गोमा पुग्ने प्रयास भएको थियो । कार्यदलमा पनि लामो छलफल हुन नसकेपछि शनिवार विहान पुन छलफल गर्नेगरि शुक्रबारको बैठक स्थकित गरिएको पुर्व माओवादीका जिल्ला समन्वय प्रमुख रामकुमार कार्कीले जानकारी दिए । शनिबार विहान बस्ने कार्यदलको बैठकले नाम टुंगो लगाउने पनि कार्कीले जानकारी दिए ।

क-कसले गरे दाबी ?

१. रामकुमार कार्की

२. नेत्रप्रसाद भट्टराई 

३. रामहरि कार्की 

४. मोहन कुमार खड्का 

५. लोचन केसी

६. निशान्त शर्मा

७. शन्त तामाङ 

८. बिरेन्द्र मगर 

९. मेख बहादुर खड्का 

१०. नबराज गुरुङ

११. सि. बि. कार्की 

१२. कृष्ण प्रसाद भट्टराई

१३. उर्मिला बस्नेत राई

१४. सपना बस्नेत 

१५. टंक खत्री 

समानुपातिक तर्फ 

१. चम्पा कार्की

२. निर्मला श्रेष्ठ  

३. सिताराम गुरुङ 

४. नबराज खड्का

५. मावर सुनुवार