नेपाली समय Loading...२०८२ पुस १० बिहीबार

चम्पादेवी : चौंथो राष्ट्रपति रनिङसिल्डको उपाधि गोल्मादेवीलाई

उपाधि विजेता गोल्मादेवी मावि पलापु

ओखलढुङ्गान्युज, १० बिलन्दु । जिल्लाको चम्पादेवी गाउँपालिकामा बुधबार सम्पन्न भएको चम्पादेवी गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता २०८२ को उपाधि गोलमादेवी मावि पलापुले हात पारेको छ । गोल्मादेवी मावि पलापुले ६ स्वर्ण, ३ रजत र ४ काश्य पदक सहित कुल १३ पदकका साथ प्रथम बन्दै उपाधि जितेको हो ।

प्रतियोगितामा ६ स्वर्ण, १ रजत र पाँच काश्य पदकसहित कुल १२ पदकका साथ नवजीवन मावि फेदिगुठ दोस्रो बनेको छ । खेलको दोस्रो दिन सकिँदासम्म उपाधिमा दाबी गरिरहेको नवजीवनले खेल सकिँदा भने आफूलाई गतवर्ष झैँ दोस्रो स्थानमा राख्दै उपविजेतामा नै चित्त बुझाएको हो । प्रतियोगितामा बालज्योति मावि चित्रे ४ स्वर्ण, ५ रजत र ३ काश्य पदकका साथ कुल १२ पदकसहित तेस्रो बनेको छ । 

सम्पन्न प्रतियोगितामा गत वर्षको विजेता सुनकेशरी मावि रानीवन भने यो वर्ष चौथो बन्न पुगेको छ । सुनकेसरी मावि रानीवनले ४ स्वर्ण, ३ रजत र २ काश्य पदकसहित कुल ९ पदक जितेको छ । आफ्नै वडामा होम ग्राउन्ड रहेको तथा दर्शकहरूको मन जित्न सफल जीवन ज्योति मावि मिश्रभन्ज्याङले ४ स्वर्ण, २ रजत र २ काश्य पदकसहित कुल ८ पदकका साथ पाँचौं बनेको छ ।

प्रतियोगितामा ज्ञान प्रकाश मावि घोराखोरीले ३ स्वर्ण, ५ रजत र साथ काश्य पदक सहित कुल १५ पदक प्राप्त गर्दै छैठौं स्थानमा रहन पुग्यो । ज्ञान प्रकाश मावि फुलबारी २ स्वर्ण, ५ रजत र ७ काश्य पदकसहित कुल १४ पदकका साथ सातौं स्थानमा रहन पुग्यो । नवलपुर मावि नवलपुर, पलापु आठौं स्थानमा रहँदै १ स्वर्ण र २ काश्य पदकका साथ ३ पदक प्राप्त गरेको छ । होम ग्राउन्ड नै रहेको कल्पेश्वर मावि बिलन्दु भने ५ रजत पदकका साथ अन्तिम स्थानमा रहन पुग्यो ।

प्रतियोगिताका विजेता विद्यालय तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रजातान्त्रिक सेनानी सङ्घका केन्द्रीय सभापति बालकृष्ण दाहाल, नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष बाला अधिकारी, चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी, उपाध्यक्ष दिलामाया मगर लगायत अतिथिहरूले शील्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता चम्पादेवी गाउँपालिका वडा नं ८ र ९ को सिमानामा रहेको डल्लीडाँडा खेलमैदानमा सम्पन्न भएको हो ।

कबड्डी छात्र फाइनल : ज्ञानप्रकाश मावि भर्सेस सुनकेशरी

कबड्डी फाइनल छात्रा सुनकेशरी मावि भर्सेस गोल्मादेवी मावि