नेपाली समय Loading...२०८२ पुस ९ बुधबार

नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ 

ओखलढुङ्गान्युज, पुस ९ ओखलढुङ्गा । एक १८ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष २१ को सरोज बस्नेत रहेका छन् ।

युवक बस्नेतले २०८० चैत २७ गते नाबालिकालाई करणी गरी फरार भएका थिए । फरार भएका युवकका विरुद्धमा नाबालिका ले प्रहरीमा उजुरी दिए पश्चात प्रहरीले खोजी गर्ने क्रममा बस्नेतलाई गत २०८२ मङ्सिर २९ गते पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ परेका बस्नेतलाई अनुसन्धान पश्चात पुस ८ गते मङ्गलबार जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा जिल्ला कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए ।