नेपाली समय Loading...२०८२ पुस ७ सोमबार

चम्पादेवीको डल्लीडाँडामा आजबाट राष्ट्रपति रनिङसिल्ड सुरु हुदै 

ओखलढुङ्गान्युज, पुष ७ विलन्दु । जिल्लाको चम्पादेवी गाउँपालिकामा आजबाट गाउँपालिकाको अन्तरमाद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिता गाउँपालिकाको वडा नं. ९ बिलन्दुको डल्लीडाँडामा रहेको खेल मैदानमा सुरु हुदैछ ।

 

फायल तस्वीर

 

प्रतियोगितामा गाउँपालिकाका ९ वटा माद्यमिक विद्यालयहरुले सहभागिता जनाउँदैछन् । प्रतियोगितामा छात्र र छात्रा गरि १५ वटा बिधामा ३० स्वर्ण पदक, ३० रजत पदक र ३२ कास्य पदकका लागि ९ वटा माद्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गर्ने चम्पादेवी गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ९ का वडा अध्यक्ष सुजन पौडेलले जानकारी दिए । 

प्रबक्ता पौडेलका अनुसार प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्न प्रमुख अतिथीका रुपमा ओखलढुङ्गाबाट निर्वाचित पूर्व संघीय सांसद एवम् पूर्व राज्य ब्यवस्था तथा सुशासन समितीका सभापति रामहरि खतिवडा आउनेछन् । उद्घाटन सत्रको कार्यक्रम शोमबार विहान ११ बजेबाट हुने आयोजकले जनाएको छ ।