खिजिदेम्बाको एक घरमा आगलागी, लाखौंको क्षति
ओखलढुङ्गान्युज, पुष २ खिजिफलाटे । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा मंगलबार राति आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । खिजिदेम्बा गाउँपालिका वडा नं. ४ बिकर्फु बस्ने खेम बहादुर सुनुवारको घरमा मंगलबार राति आगलागी हुँदा लाखौंको क्षति भएको हो ।

मंगलबार मध्यरातमा सुनुवारको घरमा आगलागी हुँदा ढुङ्गा माटोको गार्हो र ढुङ्गाकै छानो भएको घर सहित घरमा रहेको अन्नपात, लत्ता, कपडा र भाँडावर्तन पुर्ण रुपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सुनुवारको घरमा भएको आगलागीका कारण २५ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
मध्यरातमा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । मध्यरातमा भएको आगलागीका कारण घरमा भएका सबै सम्पत्ति नष्ट भएको छ । आगलागी भएपनि गाँउपालिकाले उपहार पाएको दमकल बेखबर रहेको छ । आगलागी नियन्त्रण गर्न भन्दै पालिकाले दमकल पाएको बारेमा सामाजिक सन्जालमा निकै हल्ला भएपनि आगलागी नियन्त्रणमा दमकल पुग्न नभै पालिकामा नै नभएको भन्दै स्थानीय भने आक्रोशित बनेका छन् ।

