लिखु: सातौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ग्रायुसिलाइ

ओखलढुङ्गान्युज, मंशिर २७ यसम । लिखु गाउँपालिकामा आज सम्पन्न अन्तरमाद्यमिक विद्यालय स्तरीय साँतौ राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता २०८२ को उपाधि ग्रामोदय युगकवि सिद्धिचरण माविले उचालेको छ । आफ्नै आयोजना तथा होमग्राउन्डमा सम्पन्न भएको प्रतियोगितामा ग्रायुसिले लगातार दोश्रो पटक उपाधि जितेको हो ।
गत बुधबार देखि सन्चालन भएको प्रतियोगितामा ग्रामोदय युगकवि सिद्धिचरण माविले १२ स्वर्ण, २ रजत, ५ कास्य सहित कुल १९ पदकका साथ उपाधि जितेको हो । प्रतियोगितामा जनजीवन मावि पोकलीले ४ स्वर्ण, ६ रजत र १० काश्य सहित २० पदकका साथ दोश्रो तथा यसम मावि यसमले ३ स्वर्ण, ८ रजत र १ काश्य सहित १२ पदकका साथ तेश्रो बन्न सफल भएको छ ।
त्यस्तै जाल्पा मा वि टारकेराबारी ३ स्वर्ण, ७ रजत र ५ काश्य सहित कुल १५ पदकका साथ चौथो, लेती मावि पोकली २ स्वर्ण र २ काश्य सहित कुल ४ पदकका साथ पाँचौ बनेको छ । त्यसैगरि भिमसेन स्थान मावि नर्मदेश्वरले १ रजत, २ काश्य सहित कुल ३ पदकका साथ छैठौं, ज्ञान ज्योति मावि कुवापानीले काश्य १ सहित सातौँ बन्न पुग्यो । यसपटक चिउरीडाँडा मावि चिउरीडाँडाले भने कुनैपनि पदक हात पार्न सकेन ।
रनिङशिल्ड जित्दै ग्रामोदय युगकवि सिद्धिचरण माविले नगद रु ३५ हजारका साथ रनिङशिल्ड र प्रमाणपत्र हात पारेको छ । त्यस्तै दोश्रो बनेको जनजिवन माविले नगद रु २५ हजारका साथमा प्रमाणपत्र र तेश्रो बनेको जाल्पा मावि टारकेराबारीले नगद रु १५ हजारका साथमा प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगिताका विजेता खेलाडी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथी लिखु गाँउपालिकाका अध्यक्ष अशोक कुमार कार्की, प्रमुख प्रशासकीय अधिकृत अर्जुन कुमार राउत लगायतले नगद, शील्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

