नेपाली समय Loading...२०८२ मंसिर २५ बिहीबार

लिखुको सिंहदेवीमा अरनिको यातायातको बस दुर्घटना

ओखलढुङ्गान्युज, मंशिर २३ यसम । जिल्लाको लिखु गाउँपालिकामा अरनिको यातायातको बस दुर्घटनामा परेको छ । अरनिको यातायातको बा प्र ०१-००६ ख ७०६८ नम्बरको बस लिखु गाउँपालिका २ सिंहदेवी र चम्पादेवी गाँउपालिका १० रानिवनको सिमाना नजिकै पर्ने निगाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

शोमबार काठमाडौंबाट चिउरीडाँडा आएर बुधबार काठमाडौं जाने गरि उक्त बस रिटेलमा बसेको थियो । रिटेलमा बसेको उक्त बस आज (मंगलबार) रामेछाप जिल्लाको साँघुटार सम्म लोकल टीप गरि रानीवन तर्फ फर्कदै गरेको थियो । 

रानीवन तर्फ फर्कने क्रममा तिब्र गतिमा रहेको उक्त बसले बिपरित दिशाबाट तिब्र गतिमा आएको एक मोटरसाइकललाई जोगाउनेक्रममा बस दिउँसो करीब ४:२० तिर सडकबाट खस्न पुगेको सिंहदेवीबाट स्थानीय शीबराम खड्काले जानकारी दिए । बस सडकबाट करीब २५-३० फिट तल खसेको छ । बसमा चालक सहित चार जना सवार रहेको भएपनि सबैको अबस्था सामान्य रहेको बताइएको छ । 

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।