मानेभञ्ज्याङ्गः राष्ट्रपति रनिङशील्डको उपाधी भगवती माविलाई

विजेता भगवती मावि मानेभञ्ज्याङ
ओखलढुङ्गान्युज, मंशिर २२ मानेभञ्ज्याङ्ग । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगीताको उपाधी भगवती मावि मानेभञ्ज्याङले हात पारेको छ । आईतबार सम्पन्न भएको मानेभञ्ज्याङ गाउँपालिकाको अन्तरमाद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता २०८२ को उपाधी भगवती मावि मानेभञ्ज्याङले हात पारेको हो ।
कुल ३० स्वर्ण पदकका लागि खेलाईएको खेलमा भगवती माविले ८ स्वर्ण, ८ रजत र ६ कास्य पदकका साथ कूल २२ पदक जित्दै उपाधी जितेको हो । त्यस्तै प्रतियोगितामा ८ स्वर्ण, ५ रजत र ३ कास्य पदकका साथ कूल १६ पदक जित्दै हर्कपुर मावि हर्कपुर दोश्रो बनेको छ । ६ स्वर्ण, ४ रजत र ५ कास्य पदक जित्दै कूल १५ पदकका साथ कालिका मावि मोली तेश्रो बनेको छ ।

उपविजेता हर्कपुर मावि हर्कपुर
प्रतियोगितामा राज्यलक्ष्मी मावि उँवुले ४ स्वर्णं, ५ रजत र ७ पदक सहित कूल १६ पदक जित्दै चौंथो बन्न पुगेको छ । निकेतन मावि माधबपुरले २ स्वर्ण, २ रजत र ५ कास्य पदक सहित कूल ९ पदक जित्न सफल बनेको छ । प्रतियोगितामा भिमसेनस्थान मावि केतुकेले १ स्वर्ण, ३ रजत र १ कास्य सहित ५ पदक, मनकामना माविल वाक्साले १ स्वर्ण, २ रजत र २ कास्य सहित कूल ५ पदक तथा महादेव स्थान मावि हिलेपानीले १ रजत र १ कास्य सहित कूल दुई पदक प्राप्त गरेको छ ।
मंशिर १८ देखी सञ्चालन भएको प्रतियोगितामा भगवती मा।बि मानेभञ्ज्याङका मन्जेष गौतम र हर्कपुर मा।बि. हर्कपुरकी दिपिका गौतम अनुशासित खेलाडी घोषित भएका छन । त्यस्तै हर्कपुर मा।बि हर्कपुरका टेरेन्स सुन्दर श्रेष्ठ र कालिका मा.बि. मोलिकी अमिता राई उत्कृष्ट खेलाडी घोषित भएका छ्न ।

तेश्रो बनेको कालिका मावि मोली
विजेता बनेको भगवती माविले नगद रु ३० हजारका साथमा रनिङशील्ड ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै दोश्रो बनेको हर्कपुर माविले नगद रु २० हजार तथा तेश्रो बनेको कालीका मावि मोलीले नगद रु १५ हजार प्राप्त गरेको छ । प्रतियोगिताका अनुशासित र उत्कृष्ट बनेका खेलाडीहरुलाई ट्रफी प्रदान गरिएको थियो । गाउँपालिकाले आगामी वर्ष २०८३ मा हुने राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्न कालीका मावि मोलीलाई झण्डा हस्तान्तरण गरेको छ ।
प्रतियोगिताका विजेता विद्यालय तथा खेलाडीहरुलाई कार्यक्रमका प्रंमुख अतिथि मानेभञ्ज्याङ्ग गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, वडा अध्यक्ष राजकुमार रुम्दाली लगायत अतिथीहरुले नगद, शील्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
यस वर्षको रनिङशील्ड विजेता भगवती मावि मानेभञ्ज्याङ गत वर्षको पनि विजेता विद्यालय हो । प्रतियोगिता मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ३ मा रहेको उँबुको ब्ओकुला खेलमैदानमा सञ्चालन भएको थियो ।


