नेपाली समय Loading...२०८२ मंसिर १० बुधबार

एमाले ओखलढुङ्गा : १२ जना प्रतिनिधिका लागि ४१ जनाको उम्मेदवारी 

ओखलढुङ्गान्युज, मङ्सिर १० ओखलढुङ्गा । नेकपा एमालेको अधिबेशन हुने भएपछि केन्द्रमा अध्यक्ष को बन्ने भन्ने विषय अहिले चर्चामा छ । केन्द्रमा केपी शर्मा ओलीले आफु अध्यक्ष बन्छु भनेर लाग्दै गर्दा अर्का नेता इश्वर पोखरेलले पनि अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका छन् । 

उक्त घोषणाले नेकपा एमालेको सिङ्गो संगठन तातेको बेला ओखलढुङ्गामा पनि एमालेको राजनीति गर्मागर्मी बढेको छ । देशभरका जिल्लाहरुमा झै ओखलढुङ्गा जिल्लाबाट पनि महाधिवेशन प्रतिनिधि बनेर‌ जाने इच्छुक नेताहरुको ताँत लागेको छ । महाधिवेशन प्रतिनिधि बन्न ओखलढुङ्गाका लागि १२ जनाको कोटा भएपनि महाधिवेशन प्रतिनिधि छनौट कार्यतालिका अनुसार बुधबार साँझसम्म ४१ जनाले उम्मेदवारी दिएका छन् । 

सिट संख्या भन्दा झण्डै चार डबल बढीले उमेदवारी दिएपछि तरंग फैलिएको छ । तथापि ११ गते अपरान्ह ४ बजेसम्म कोटा भित्र रहेर सहमतिको लागि प्रयास गर्ने र ५:३० बजे सम्म उमेदवारी फिर्ता तथा साँझ ६ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको नेकपा एमाले ओखलढुङ्गाले जनाएको छ । 

अन्तिम समयसम्म पनि सहमतिका लागि प्रयास गरिने र सहमति नभए १२ गते शुक्रबार मध्यान्ह १ बजेबाट मौन अबधि लागू भै १३ गते शनिबार विहान ८ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन तालिका रहेको नेकपा एमाले ओखलढुङ्गा निर्वाचन कमिटी प्रमुख सोभितमान गुरुङले जानकारी दिए । इश्वर पोखरेलले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दैगर्दा र पोखरेलको जन्मथलो ओखलढुङ्गा रहेकोेले पनि यसपटकको प्रतिनिधि छनौट मा यहाँबाट पोखरेल समर्थक प्रतिनिधि धेरै हुने एमालेकै जिल्ला नेताहरुले बताएका छन् ।

को-को हुन् त प्रतिनिधिका लागि उम्मेदवारी दिनेहरु ? 

खुलातर्फ

 * अम्बिरबाबु गुरुङ

 * ज्ञानवहादुर खड्का (जि.वि)

 * कमल प्रसाद न्यौपाने

 * राजिव कटवाल

 * अशोक कुमार थापा

 * उत्तम राई

 * मणिराज राई

 * सुदिप सुनुवार

 * मोहन कुमार श्रेष्ठ

 * धन वहादुर गुरुङ (डि. वि)

 * दिपक फुयाल

 * टि.एन. शर्मा (ठाकुर)

 * नानिवावु बुढाथोकी

 * सन्तोष कुमार घिमिरे

 * गंगा राम तामाङ

 * हर्कबोल राई

 * टेक वहादुर तामाङ

 * विनायक शर्मा (कौशल)

 * शेखर भट्टराई

 * विजय कुमार वस्नेत

* केदार बाबु बस्नेत

* दिपक राई

 * हरि प्रसाद घिमिरे

महिलातर्फ

 * इच्छा कुमारी गुरुङ

 * जुना वि.क

 * पशुपति गुरुङ

 * रमिला मगर श्रेष्ठ

 * अस्मिता थापा

 * सरस्वति कार्कि (तारा)

 * राधा निरौला

 * सकुन्तला राजभण्डारी

 * सुस्मा राई

 * शारदा (पूर्ण) के.सि.

युवातर्फ

 * टिकाराम धमला

 * विनोद कुमार खत्री 

 * सुदर्शन कार्की

 * राजन खत्री

 * किरण श्रेष्ठ

 * निराजन खतिवडा

दलिततर्फ

 * ज्यानु कालिकोटे

 * वल वहादुर परियार (दर्जी)