नेपाली समय Loading...२०८२ मंसिर ६ शनिबार

रनिङ सिल्डमा सहभागी खेलाडीलाई गाउँपालिकाका अध्यक्षबाट आलुको चिप्स 

ओखलढुङ्गान्युज, मङ्सिर ६ खिजीफलाटे । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा बिहिबारबाट अन्तरविद्यालय स्तरीय आठौं राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता जारी छ । बिहिबारबाट जारी प्रतियोगितामा सहभागी भएका गाउँपालिकाका सातवटै माविका झण्डै ४०० भन्दा बढी विद्यार्थीहरूका लागि शुक्रबार गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पाले खाजा स्वरूप आलुको चिप्स वितरण गरेका छन् । 

स्थानीय उत्पादनलाई प्रोत्साहन तथा स्थानीय स्तरमा उत्पादन भएको चिप्सको प्रचार तथा प्रमोसन गर्ने उद्देश्यका साथ गाउँपालिकाका अध्यक्ष शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा खेलमा सहभागी विद्यार्थीहरूलाई खाजा स्वरूप आलुको चिप्स वितरण गरेको बताएका छन् । शुक्रबार गेम सञ्चालन भइरहेको स्थान बोझेटार खेलमैदानमा पुगेर अध्यक्ष आफैले सहभागी विद्यार्थीहरूका लागि खाजा वितरण गरेका हुन् ।

स्थानीय स्तरमा उत्पादन भएका सामग्रीहरूको प्रमोसन तथा उद्योगधन्दा सञ्चालन गरेर युवाहरूलाई स्थानीय स्तरमा नै रोजगारी प्रवर्द्धन गराउने उद्देश्यका साथ खिजीदेम्बा गाउँपालिकाले विगत केही महिनादेखि विभिन्न उद्योगधन्दा सञ्चालन गराउन अनुदान सहयोग गरेको छ । सोही कार्यक्रम अनुसार गाउँपालिकाले खिजीदेम्बा गाउँपालिकामा आलुको चिप्स बनाउन युवाहरूलाई मेसिन खरिदका लागि नगद अनुदान सहयोग गरेको थियो । गाउँपालिकाले नगद अनुदान सहयोग गरेपश्चात आलुको चिप्स बनाउने उद्योगमा कम्तीमा पनि ६ जना युवाहरूले रोजगारी पाएका छन् भने खेरा गइरहने आलुको समेत सदुपयोग हुन थालेको छ ।