नेपाली समय Loading...२०८२ कार्तिक ३० आईतवार

ओखलढुङ्गामा एक पुरुष मृत फेला 

ओखलढुङ्गान्युज, कार्तिक ३० ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिकामा एक पुरुष मृत फेला परेका छन्। मृत फेला पर्नेमा सिद्धिचरण नगरपालिका वडा नम्बर ९ ज्यामिरेका अन्दाजी वर्ष ५३ का तेजबहादुर भुजेल रहेका छन् ।

मृतक भुजेल शनिबार बिहान ९ बजेबाट घरमा कसैलाई थाहा नदिई हिँडेका थिए । भुजेल बेलुका अबेरसम्म पनि घर नफर्किए पश्चात खोजी कार्य सुरु भएको थियो। खोजीका क्रममा आइतबार बिहान ७:३० बजेतिर भुजेलको आफ्नै घरको करिब २०० मिटर टाढा रहेको गणेश मन्दिर नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटना बारेमा जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी सबको पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।