नेपाली समय Loading...२०८२ कार्तिक २५ मंगलवार

लिखुको माटेवेसीमा वडा स्तरीय भलिबल, विजेताले पाउनेछ ६० हजार

ओखलढुङ्गान्युज, कातिक २४ यसम विगतका बर्षहरु झै यस वर्ष पनि लिखु गाउँपालिका वडा नं. ६ को माटेबेशीमा वडा स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । बालाचतुर्दशी मेला २०८२ को अवसर पारेर सिद्धेश्वर महादेव मन्दिर परिसर माटेबेशीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुन लागेको हो ।

विगतका बर्षहरुमा माटेबेशी सिद्धेश्वर महादेव मन्दिर महोत्सव सहितको भलिवल प्रतियोगिताको आयोजना गर्ने गरिएको थियो । यस वर्ष भने वडा स्तरीय भलिबल प्रतियोगिता मात्र सञ्चालन गर्न लागिएको जनजागरण युवा क्लबका अध्यक्ष निक बहादुर क्याप्छाकी मगरले जानकारी दिए ।

महादेव मन्दिर परिसरमा लगातार चार पटक महोत्सव सम्पन्न गरिएकोले यस पटक भने वडा स्तरीय भलिबल प्रतियोगिता मात्रै सञ्चालन गरिने अध्यक्ष मगरको भनाई छ । प्रतियोगिताका विजेताले नगद रु ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोश्रो हुनेले ४० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा तेश्रो हुनेले नगद रु २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सान्त्वना स्थान प्राप्त गर्ने टीमलाई पनि नगद रु १० हजार उपलब्ध गराईने आयोजक जनजागरण युवा क्लबका सचिब शुशील भट्टराइले जानकारी दिए ।

बालाचतुर्दशी जात्रा २०८२ को अबसर पारेर प्रतियोगिता कातिक २९ देखी मंशीर २ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बिचबिचमा लिखु स्थानीय सांस्कृतिक कलाघरका कलाकारहरुले पञ्चेबाजा सहितको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।