अन्ततः फेरी पनि हा¥यो नेपाल कीर्गिस्तानसँग
प्रकासित मिति : २०८२, २३ कार्तिक आईतवार १९:४८
प्रकासित समय : १९:४८
ओखलढुङ्गान्युज, कातिक २३ काठमाण्डौं । आज सम्पन्न भएको काभा यू–१९ महिला भलिबल प्रतियोगिताको फाईनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । फाईनलमा पराजित हुदै नेपाली यू–१९ महिला टीम उपविजेतामा नै सिमित बनेको छ ।
आज सम्पन्न प्रतिष्पर्धात्मक फाईनल खेलमा पनि नेपाली महिला टीम कीर्गिस्तानसँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । सुरुवाती सेट जितेको नेपालले त्यसपछिका दुई सेट गुमाएको थियो । चौथो सेटमा निकै उत्कृष्ट जित निकाल्दा पाँचौं सेटमा पराजित भयो । कीर्गिस्तानले नेपाललाई २१–२५, २५–२०, २५–२१, १३–२५, १५–११ को सेटमा पराजित गरेको हो ।
शनिबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको थियो । नेपाल यसअघि लिग चरणमा पनि कीर्गिस्तानसँग ३२ को सेटमा पराजित भएको थियो ।

