नेपाली समय Loading...२०८२ कार्तिक १८ मंगलवार

लोक तथा दोहोरी गीत प्रतिष्ठान ओखलढुङ्गाको छैठौं अधिबेशन लिखुको नर्मदेश्वरमा

ओखलढुङ्गान्युज, कातिक १८ नर्मदेश्वर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ओखलढुङ्गाको छैठौं अधिबेशन तथा १३ औं साधारण सभा लिखु गाउँपालिकाको नर्मदेश्वरमा हुने भएको छ । आगामी कार्तिक २२ गते लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरको नर्मदेश्वर महादेव मन्दिर परिसरमा जिल्ला अधिबेशन हुन लागेको हो ।

स्थान विशेष पहिचान सहित नागरिकहरुलाई मनोरञ्जन प्रदान गर्न लोक तथा दोहोरी गीत गाउँदै आएका ओखलढुङ्गाका गीतकारहरुले यसपटक जिल्लाको दुर्गम मानिने लिखु गाउँपालिकाको नर्मदेश्वरमा गर्न लागेका हुन् । जिल्लामा रहेका विभिन्न पर्यटकिय तथा सांस्कृतिक सम्पदाहरुको समेत गीत र संगीतको माद्यमबाट प्रचार प्रसारमा समेत गराउने उद्धेश्य सहित यस पटकको अधिबेशन लिखु गाउँपालिकाको नर्मदेश्वरमा गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ओखलढुङ्गाका सचिब केशब गदाईलीले जानकारी दिए ।

अधिबेशनको उद्घाटन सत्र कार्यक्रममा अतिथि कलाकार तथा ओखलढुङ्गा जिल्लाका चर्चित कलाकार देखी जिल्लाका विभिन्न कुना कुनामा रहेका कलाकारहरुको समेत बेजोड सांस्कृतिक प्रस्तुती हुने लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल ओखलढुङ्गाका अध्यक्ष बाल कुमार श्रेष्ठले जानकारी दिए । पाँचौं जिल्ला अधिबेशन चम्पादेवीको पलापुमा सम्पन्न गरेको प्रतिष्ठानले छैठौं अधिबेशन भने नर्मदेश्वरमा गर्न लागेको हो ।

कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय महासचिव शिरिष देवकोटा रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।