नेपाली समय Loading...२०८२ कार्तिक १८ मंगलवार

दोलखामा हिम पहिरो, तीनजनाको मृत्यु

ओखलढुङ्गान्युज, कातिक १७ चरीकोट दोलखामा आज शोमबार गएको हिमपहिरोमा परि तीनजनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । दोलखा जिल्लामा पर्ने डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह हिमपहिरोमा पर्दा तीन जनाको ज्यान गएको हो ।

हिमाल आरोहण गर्ने  समूह हिमपहिरोमा पर्दा तीनजनाको मृत्यु भएको र कम्तीमा आठ जना बेपत्ता भएका खबर आएको दोलखाका जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले जानकारी दिए । दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने डोल्मा खाङ हिमाल आरोहणका लागि १५ जनाको टोली गएको थियो ।

हिमपहिरोमा परि बेपत्ता भएकाहरुको शोमबार साँझसम्म पनि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत खोजी र उद्दारको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।