नेपाली समय Loading...२०८२ कार्तिक १७ सोमबार

ओखलढुङ्गाका पुर्व सांसद रामहरि खतिवडालाइ पितृशोक

ओखलढुङ्गान्युज, कातिक १६ काठमाडौँ । ओखलढुङ्गा जिल्लाका पुर्व संघीय सांसद एवम् नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडालाई पितृशोक परेको छ । खतिवडाका बुबा जिवनाथ खतिवडाको आइतबार साँझ काठमाडौंमा निधन भएको हो ।

क्यान्सर रोगले पिडित स्वर्गीय खतिवडा उपचारका क्रममा केहि समय देखि काठमाडौंमा रहेका थिए । उपचारका क्रममा नै खतिवडाको ७८ बर्षको उमेरमा आज आइतबार साँझ ७:४० मा काठमाडौंमा रहेको घरमा नै निधन भएको नेपाली कांग्रेसका नेता एवम् सुनकोशी गाउँपालिकाका पुर्व अध्यक्ष रुद्र प्रसाद अधिकारीले जानकारी दिए । स्वर्गीय खतिवडाका पाँच भाइ छोराहरू रहेका छन् ।