आज र भोली ओखलढुङ्गामा पनि सतर्कता अपनाउन मौसमविदको आग्रह
ओखलढुङ्गान्युज, कातिक १३ काठमाण्डौं । बुधबार विहानै देखि परेको पानी आज विहिबार पनि धेरै स्थानहरमा जारि रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज एक सूचना जारि गर्दै विहिबार ओखलढुङ्गा रामेछाप लगायत ३३ जिल्ला भन्दा बढि जिल्लाहरुमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले सूचना मार्फत देशभरका हिमाली क्षेत्रहरुमा उच्च हिमपात भैरहेको तथा केहि स्थानहरुमा मध्यम देखी भारी बर्षात समेत भैरहेको भन्दै ओखलढुङ्गा, खोटाङ, रामेछाप, सिन्धुली लगायत कोशी र बागमती प्रदेशका अधिकांश जिल्लाहरुमा पानी परिरहेको र खोलानाला उल्लेख्य बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको हो । पानी निरन्तर परेसँगै सिन्धुली जिल्ला प्रशासनले विपि राजमार्गमा रात्री कालीन समयमा सवारी आवागमनमा रोक लगाएको छ ।
पानी परिरहदा धान र कोदो भित्र्याउनका लागि तरखर गरिरहेका किसानहरु मारमा परेका छन् । किसाले सयौ विघामा लगाएको धान भित्र्याउन काटेर खेतमा सुकाईरहेको बेला परेको निरन्तर झरीले धानमा क्षति गरेको छ । यो झरी तथा खोलानाला बढ्नेक्रम आईतबार विहानसम्म जारी रहेने भएकोले उक्त दिनसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको हो ।


