नेपाली समय Loading...२०८२ कार्तिक १२ बुधबार

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु 

ओखलढुङ्गान्युज, कातिक ११ सिन्धुली । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको कार सिन्धुलीको सुनकोशी गाउॅपालिका-६ चैनपुरमा दुर्घटनामा परेको छ । विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार (आज) मंगलबार बिहान चैनपुरमा आफैं अनियन्त्रित भई सडकदेखि अन्दाजी ४२ फिट तल खसेर दुर्घटना भएको थियो । कार दुर्घटनामा परि कारमा सवार श्रीमानको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् ।

कार दुर्घटनामा परि मृत्यु हुनेमा मोरङको विराटनगर उपमहानगरपालिका-१७ का ६५ वर्षिया ओमबहादुर अर्जेल रहेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । कारमा सवार उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र ३१ वर्षीय छोरा निशान्त पनि घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते सुनिताको अवस्था गम्भिर छ भने छोरा निशान्तको अवस्था मध्यम रहेको छ । घाइतेहरूको खाल्टे स्थित आत्मिय सामुदायिक अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।