उपचारका क्रममा लिखुका एक पुरुषको मृत्यु, सुसाइडको आशंका
प्रकासित मिति : २०८२, ५ कार्तिक बुधबार १९:३५
प्रकासित समय : १९:३५
ओखलढुङ्गान्युज, कार्तिक ५ यसम । जिल्लाको लिखु गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नम्बर ९ पोकली बस्ने अन्दाजी वर्ष ३८ का मोहन खड्का रहेका छन् ।
मृतक खड्का मंगलबार दिउँसो अचानक बिरामी भएपश्चात उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पुर्याइएको थियो । अस्पतालमा नै उपचारका क्रममा खड्काको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
मृतक खड्काको शरीरबाट विषादीको गन्ध आएकोले सुसाइड गर्न विषादीको सेवन गरेको आशंका गरिएको छ । खड्काको मृत्यु भएपनि उनले कुन विषादी सेवन गरेका थिए वा सेवन गराइएको थियो केही नखुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको समेत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।