नेपाली समय Loading...२०८२ कार्तिक ५ बुधबार

मोलुङमा एक पुरुष मृत फेला

ओखलढुङ्गान्युज, कार्तिक ५ प्राप्चा । जिल्लाको मोलुङ गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा मोलुङ गाउँपालिका वडा नम्बर ३ प्राप्चाको फुयाल गाउँ बस्ने अन्दाजी वर्ष ५९ को छत्रबहादुर केसी रहेका छन् । 

केसी मङ्गलबार दिउँसो आफ्नै घरको पछाडिपट्टिको बलेसीमा घोप्टो परि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरका प्रमुख प्रहरी निरीक्षक मनिष लुइटेलको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी सबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।