नेपाली समय Loading...२०८२ कार्तिक ३ सोमबार

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना, चालक सहित १५ जना घाइते

ओखलढुङ्गान्युज, कार्तिक ३ काठमाडौँ । ओखलढुङ्गाबाट आज काठमाडौँतर्फ जाँदै गरेको पूर्व अरनिको यातायातको गाडी दुर्घटनामा परेको छ । गाडी दुर्घटनामा परी गाडीका चालक सहित १५ जना घाइते भएका छन् ।

ओखलढुङ्गाको प्राप्चाबाट आज काठमाडौँतर्फ जाँदै गरेको पूर्व अरनिको यातायातको बा प र ०१-००६ख ९३९९ गाडी भक्तपुरको ललिनचोकमा दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परी घाइते भएका मध्ये सात जना प्राथमिक उपचार पश्चात फर्किएका छन् भने ७ जनाको अहिले भक्तपुर नगर अस्पतालमा पुर्व अरनिको यातायात समितिका पदाधिकारीहरूको रोहबरमा उपचार भइरहेको छ । गाडीका चालक रवि बस्नेतको अवस्था भने गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ लगिएको छ । 

गाडी काठमाडौँतर्फ जाने क्रममा ललिनचोकमा विपरीत दिशातर्फ बाट आइरहेको बोलेरोमा ठक्कर खान पुगेको थियो । बसले बोलेरोमा ठक्कर खाए पश्चात चालकले नियन्त्रण गर्ने क्रममा बस भित्तामा ठोकिन पुगेको थियो । बस भित्तामा ठोकिँदा चालक सहित बसमा सवार यात्रुहरू घाइते हुन पुगेका हुन् । भक्तपुर नगर अस्पतालमा उपचाररत यात्रुहरूको अवस्था पनि हाल सामान्य रहेको बताइएको छ ।

घटनाको बारेमा थप विस्तृत विवरण आउन बाँकी रहेको छ ।